अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।
सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।
कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा दुई समुदायबीच झडप भएको थियो ।
भदौ २२ गते शुक्रबार राती मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।