आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल  भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग  सहित  हल्का वर्षाको  भइरहेको  छ ।

दिउँसो:  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी  भू-भागका  एक-दुई  स्थानमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेश,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक-दुई  स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *