अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २२ गते।
इजरायलमा मारिएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइँदै छ ।
मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुका साथै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयले गृहमार्फत निकासा गर्नेछ ।