प्रिन्सीपलको हत्यामा संलग्न प्रेमिकासहित ५ जना पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक १६ गते।

बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रिन्सीपलको हत्यामा संलग्न प्रेमिकासहित ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले हत्याको मुख्य योजनाकार उनको पूर्व प्रेमिका २२ वर्षीया राधा गुप्ता, स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो । राधाको अभिनव कुमार गुप्तासंग पनि विाहेत्तर प्रेम सम्बन्ध रहेको खुलेको छ । मनोज पनि विवाहित हुन् । उनीसंग राधाको तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *