अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक १५ गते।
डिजेल र मटीतेलको मूल्य घटेको छ। डिजेल र मटीतेलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत् राखिएको छ।
डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो। मूल्य समायोजनपछि अब डिजेल र मटीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत् नै रहेको छ।