सामाजिक सञ्जाल टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २७ गते।

सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने नेपाल सरकारले निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गराउने निर्णय भएको र केही दिनमै कार्यान्वयनमा आउने बताइन् ।

समाजमा विकृति र विसंगति फैलाउन टिकटकले भूमिका खेलेको ठहर गर्दै सरकारले बन्द नै गर्ने निर्णय गरेको हो । टिकटक बन्द गराउन प्राविधिक रुपमा केही समय लाग्ने बताउँदै मन्त्री शर्माले यसका लागि सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी समेत दिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *