तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते।

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *