सरकारले बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई १०/१० लाख रुपैयाँ दिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १४ गते।

सरकारले बालकुमारी घटनामा मृत्यु भएकाको  परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०-१० लाख रूपैयाँ दिने निर्णय गरेको हो।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *