अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १४ गते।
तराई मधेशमा आज बिहानैदेखि अत्यधिक जाडो र सितलहर सुरु भएको छ ।
शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न आगो बालेर तापिरहेका छन् ।