अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २२ गते।
जनता समाजवादी पार्टी (जसपा)ले आज मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयमा बिहीबारबाट सुरु भएको बैठकमा दलको नेताको लागि सबभन्दा पहिले प्रदेशको विधान पारित गरेको छ ।
दलको नेता चयन गर्न गठित समितिका संयोजक रहेका राजनीतिक समितिका सदस्य लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट विधान पारित गरेको छ । संयोजक साहले जनाए अनुसार शुक्रबार विहान दलको नेता चयनका लागि सहमतिको प्रयास गरिनेछ । तर सहमति हुन नसके समितिले चुनावको कार्यक्रम सार्वजनिक गर्नेछ ।
मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।
संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहले बताए ।