अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २२ गते।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको छ।
विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु- कुहिरो लागिरहेको छ ।