प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २९ गते।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव  पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । ९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मत आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई  एमालेका  ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *