अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ३ गते।
सुदूरपश्चिम प्रदेशमा आज सभामुख पदको लागि तेस्रो पटक चुनाव हुँदैछ।
यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।
यस अघि दुई पटक सम्म भएको निर्वाचनमा कसैले पनि बहुमत पुराउन नसकेपछि आज तेस्रो पटक उनीहरूबीच सभामुखको लागि मतदान हुँदै छ । आज बिहान १० बजे बोलाइएको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गर्ने छ ।