मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ ३ गते।

मधेश प्रदेशको सभामुख पदका लागि निर्वाचन आज हुँदैछ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो । आज मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।

सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् । दुवैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *