अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ३ गते।
उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। उपप्रधामन्त्रीसमेत रहेका लिङ्देन सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना भएका छन्।
उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्।