अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १९ गते।
आज कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो।
राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । कांग्रेस उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ ।