जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति पुन आज जनकपुरधाम आउने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १ गते।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने भएका छन् ।

उपराष्ट्रपति पुन सोमबार बिहान साढे १० बजे जनकपुरधाम आइपुग्ने र ११ बजेदेखि मधेश भवनको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने मन्त्री सुनिता यादवले बताइन् ।

जनयुद्धका शहीदहरुलाई उपराष्ट्रपति पुनले मधेश प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका उद्योग मन्त्री सुनिता यादवले बताइन् ।

जनयुद्ध दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा शहीद परिवारहरुलाई सम्मानका साथै मधेश प्रदेश सरकारले निर्णय गरे अनुसार शहीद परिवारहरुलाई एक-एक लाखको चेक प्रदान गरिनेछ । पाँच सय भन्दा बढी शहीद परिवारलाई राहत स्वरुप चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *