अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २९ गते।
नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।
सोमबार पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन् ।

यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङलाई ओलीले लगत्तै उपनेतामा मनोनीत गरेका हुन् ।