उपनिर्वाचनका लागि मौन अवधि लागू, प्रचार प्रसार गर्न नपाईने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ८ गते। 

उपनिर्वाचनका लागि मौन अवधि लागू गरिएको छ ।

उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *