सुदूरपश्चिम प्रदेशमा आज प्रदेशभर शोक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ६ गते।

सुदूरपश्चिम प्रदेशमा आज प्रदेशभर शोक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *