कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १५ गते।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि दलका नेताहरू छलफलमा सहभागी भएका थिए । छलफका क्रममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखेपछि मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित गरिएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिने र तथ्याङ्क तयारी गर्न भन्दै मुख्यमन्त्री साँझ ६ बजे प्रदेश सभाबाट बाहिरिएका थिए त्यसपछि पटक पटक सूचना प्रकाशित गर्दै सरेको बैठक पुनः बस्न सकेन र राति अबेर सूचना टाँस गरेर थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *