साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २४ गते।

साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल  भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बङ्गलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४-० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलबाट तीन अङ्क जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। भारत जारी प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा भारतले भुटानलाई १२-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बङ्गलादेशले आजै भुटानसँग खेल्नेछ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *