आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल आज मलेसियासँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १६ गते।

आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल आज मलेसियासँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

६ राष्ट्र सम्मिलित छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *