अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २२ गते।
आईपीएलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो ।
गुजरातलाई जीत दिलाउन साई सुदर्शनले नटआउट रहँदै ६२ रनको शानदार पारी खेले । उनलाई डेभिड मिलरले नटआउट रहेर ३१ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै विजय शंकरले २९ रन बनाए । दिल्लीका लागि एनरिच नोर्टजेले २ विकेट लिए ।
यसअघि मोहमद शामी र राशिद खानले ३–३ विकेट लिएपछि दिल्ली निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनमा सीमित बनेको थियो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ३७ रन तथा अक्षर पटेलले ३६ रन बनाए । शरफराज खानले ३० रनको पारी खेले ।