अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ३० गते।
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
एक खेल दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:४५ बजे शुरु हुनेछ । जसमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।