आईपीएलमा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई तीन रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र ३० गते।

आईपीएलमा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई तीन रनले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

आइपीएलमा आज पन्जाव किङ्ग्सले गुजरात टाइटन्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *