रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र २९ गते। 

रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।

घाइते हुने प्रहरीहरुमा प्रहरी निरिक्षक विरेन्द्र पासवान, वरिष्ठ हवल्दार राकेश यादव, साहयक हवल्दार ओप प्रकाश यादव, राष्ट्रिय अनुसन्धानका सुचक दिपक सिंह लगायतका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नगरपालिकाले सूचना उपलब्ध नगराएको भन्दै दीपक यादव नेतृत्वको समूहले नगरपालिका अगाडि प्रदर्शन गरेको थियो । उनीहरुले नगरपालिकामा तालाबन्दी गर्न खोज्दा झडप भएको बताइएको छ ।

प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *