अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १६ गते।
शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छ। दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ।
दशरथ रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
हिमालयन आज चौथो जितको योजनामा रहेको हिमालयन १२ खेलमा १३ अङ्क जोडेर १३ औँ स्थानमा छ। १२ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा रहेको आर्मी आर्मी छैटौँ जितको खोजीमा हुनेछ।
यस्तै रङ्गशालामा साँझ ६ बजे सुरु हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबबीच भिडन्त हुनेछ। १२ खेलमा १८ अङ्क जोडेर पाँचौं स्थानमा रहेको चर्च ब्वाइज पाँचौँ जित निकाल्ने प्रयासमा रहनेछ।
मनाङ पनि पाँचौँ जितको योजनामा हुनेछ। मनाङ १२ खेलमा १५ अङ्क जोडेर नवौँ स्थानमा छ।
च्यासल मैदानमा सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सङ्कटा र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।