एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनलमा प्रवेश

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १६ गते।

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनलमा प्रवेश गरेका छन् ।

समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा नेपाल सोझै फाइनलमा पुग्न सफल भएको छ । अब फाइनलमा नेपालले यूएईसँग भिड्नेछ ।

उता, यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुग्न सफल भएको छ ।

वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा कुवेतलाई २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र रन जोड्न सफल भयो । जारी खेलकै क्रममा वर्षा भएपछि खेल रोकिएको थियो ।

उपाधिका लागि नेपाल र यूएईबीचको फाइनल खेल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *