अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ १० गते।
गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स आईपीएल २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायर रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शनमा चेन्नाइले गुजरातलाई १७ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । ओपनर रुतुराज गाएकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाए । डेभोन कनवेले ४० रन जोडे । जडेजाले १६ बलमा २२ रन जोडे ।
१७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १५७ रन बनाए । गुजरातका लागि शुभमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए । रासिद खानले १६ बलमा ३० रन जोडे । दसुन सनाकाले १७ रन बनाए । गुजरातले अतिरिक्तबाट १५ रन जोडेको थियो ।
गुजरातलाई अलआउट गर्न चेन्नाइका जडेजाले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए । दिपक चाहर, महिश थिक्सना र मथिसा पथिरानाले समान २ विकेट लिँदा तुसार देसपाण्डेले १ विकेट लिए ।
चेन्नाइ अब उपाधिबाट एक जित मात्र टाढा छ । गुजरातले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुने एलिमिनेटरको विजेतासँग गुजरातले फाइनल प्रवेशका लागि खेल्नेछ ।