अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ७ गते।
आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपाल आज वेस्ट इन्डिजसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।
वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।
समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।
लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।