अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ९ गते।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा नेपाल आज नेदरल्यान्ड्सको सामना गर्दै छ ।
खेल नेपाल समय अनुसार, १२: ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्यहोर्न पुगेको थियो ।