नेपाल र भारतबीचको खेल वर्षाले रोकियो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।

एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको हो।

वर्षाले खेल रोकिंदासम्म नेपालले ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। अहिलेसम्म ३७.५ ओभरको खेल भएको छ।

नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।

त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, भीम सार्कीले सात, रोहित पौडेलले पाँच र कुशल मल्लले दुई रन बनाए। अहिले दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्।

भारतका लागि रवीन्द्र जडेजाले तीन, मोहम्मद सिरजले दुई र शार्दूल ठाकुरले एक विकेट लिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *