भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २७ गते।

श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलङ्काले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।

‘सुपर फोर’ चरणमा दुई खेल खेलेको भारतले चार अङ्क जोडेको छ । दुई खेल खेलेको श्रीलङ्का दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेल खेलेको पाकिस्तानको पनि दुई अङ्क छ । हालसम्म खेलेको दुवै खेलमा पराजय भोगेको बङ्गलादेश भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

‘सुपर फोर’ चरणमा अब बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ ।

शुक्रबार भारत र बंगलादेशबीच ‘सुपर फोर’ चरणको अन्तिम खेल खेलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *