अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ ३१ गते।
एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन्।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलम्बोमा हुनेछ ।
श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।