पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३१ गते।

असोज १ गते तीजको अवसरमा  जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *