अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक ३० गते।
दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।
खेल कोलकाताको इडेन गार्डेनमा दिउँसो २:१५ मा सुरु हुनेछ।
अस्ट्रेलिया विश्वकपमा नवौं पटक र दक्षिण अफ्रिका पाँचौं पटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका यसअघि कहिलेपनि फाइनलमा प्रवेश गर्न सकेको छैन। दुई टिमबीच तेस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो।