यूबीएस ग्रुपले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,असार १३ गते।

स्विट्जरल्यान्डको बहुराष्ट्रिय इन्भेस्टमेन्ट बैंक यूबीएस ग्रुपले ठूलो संख्यामा कर्मचारी कटौती गर्दैछन।

केही महिनाअघि ‘टाट’ पल्टिएको स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट सुइस खरिद गरेको यूबीएसले ३५ हजार कर्मचारी हटाउने तयारी गरेको हो ।

यूबीएसले बैंक, ट्रेड र सपोर्ट अन्तर्गत लन्डन, न्यूयोर्क र एसियामा कर्मचारी कटौती गर्ने बताइएको छ ।

जुलाईको अन्त्यमा पहिलो चरणमा कर्मचारी कटौती गरिने र त्यसपछि सेप्टेम्बर र अक्टोबरमा गरी कर्मचारी हटाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

क्रेडिट सुइस अधिग्रहण गरेपछि यूबीएससँग हाल करिब १ लाख २० हजार कर्मचारी रहेका छन् । यसले आगामी वर्षमा कर्मचारी कटौती गरी ६ अर्ब अमेरिकी डलर बचाउने योजना बनाएको छ । क्रेडिट सुइसमा मात्रै करिब ४५ हजार कर्मचारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *