अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक १३ गते।
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।