श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक जलेश्वरबाट पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक १३ गते।

श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक जलेश्वरबाट पक्राउ परेका छन् ।

भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *