अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक ६ गते।
सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ तोकेको छ।
अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।