स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट दुई जना पक्राउ

अनलाईन न्युजपाटी , कपिलवस्तु,समाचारदाता, कात्तिक ६ गते।

स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट दुई जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेका गाडीहरू जाँच गर्दा दुई वटा गाडीबाट सोमबार राति करिब साढे ९ बजेतिर साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो

मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *