अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २१ गते
नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।
मङ्सिर २७ गतदेखि माघ ७ गतेसम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।