अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २० गते
एनपीएलमा आज दुई वटा खेल हुदैछ ।
पहिलो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । पहिलो खेल बिहान ९ बजे शुुरु हुनेछ । जनकपुरले यस अघि बिराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेको थियो भने पोखरा एभेन्जर्सलाइ भने चितवन राइनोजले पराजित गरेको हो ।
जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जीतका लागि मैदानमा उत्रदैछन् । जनकपुर बोल्टसको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखरा बाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।