अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २० गते
विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदै छ ।
गंगासागरमा राम र जानकीको मटकोर गरिँदैछ । जानकी मन्दिरबाट गाजाबाजासहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
मटकोर सकिए पछि शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयम्बर र विवाहको काम हुने छ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र भोलि छैठौं दिन राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।