अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २१ गते।
सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु आज हटाएको छ ।
आज बिहान ८ बजे कर्फ्युको समयसकिएपछि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ ।
बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।
प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।