अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत २ गते।
मिथिला माध्यमिकी परिक्रमा आज मडै पुग्दै छ ।
पाँचौ दिन जलेश्वर पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि महोत्तरी गाउँपालिका स्थित मडैको लागि प्रस्थान गरेका हुन् । परिक्रमाको टोली मडै पुगेपछि आज त्यहाँ भव्य मेला लाग्ने छ ।
मडैबाट परिक्रमा टोली हिँडेपछि भोली दिउँसो ध्रुवकुण्ड पुग्छन् । त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।