आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै, मिथिलाञ्चल क्षेत्रमा पर्सी

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत ११ गते।

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।

पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) र जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मंगलबार र बुधबार होली पर्व मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *