आज राम नवमी भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,वैशाख ५ गते।

आज राम नवमी भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौ शल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।

जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ।

आज जानकी मन्दिर परिसरमा मेला लाग्छ। उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्छन्। आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *