अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,पुस १७ गते।
तीन-चार दिनदेखि तराई-मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो हावा र बाक्लो हुस्सुले तराई मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । खास गरेर बिहान र बेलुकी चल्ने शीतलहरले विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् ।